राजनीति

टुंगियो नेकपा मकवानपुरको एकीकरण



काठमाडौँ, ८ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मकवानपुरले एकता प्रक्रियालाई स्थानीय तहसम्म टुंग्याएको छ ।

आज  बिहान बसेको सचिवालयको बैठकले जिल्ला कार्यालय र स्थानीय तहको एकीकरण टुग्याएको हो । उक्त बैठकले नगर र गाउँपालिकाको अध्यक्ष र सचिव चयन सँगै जिल्ला कार्यालय टिम पनि चयन गरेको हो ।

एकीकरणका क्रममा तत्कालीन नेकपा एमालेको भागमा ६ वटा र माओवादी केन्द्रको भागमा चार वटा स्थानीय तहको नेतृत्व दिइएको छ ।

जिल्ला कार्यालय टिममा मुनु सिग्देल, प्रेमबहादुर पुलामी, बलराम बल, बद्री लम्साल, प्रमिला पुलामी, श्रीधर पोखरेल र एकलाल श्रेष्ठ रहेका छन् ।

स्थानीय तहका अध्यक्ष र सचिव :

हेटौंडा उपमहानगरपालिका

अध्यक्ष : रघु आचार्य, सचिवः तीर्थ थापा

थाहा नगरपालिका

अध्यक्ष :अरुण रायमाझी, सचिवः सानुकाजी गोपाली

वाग्मती गाउँपालिका

अध्यक्ष : अरुण बल, सचिव : उत्तम पौडेल

वकैया गाउँपालिका

अध्यक्ष : नारायण तिमल्सिना, सचिव :भक्तबहादुर खत्री

मकवानपुर गढी गाउँपालिका

अध्यक्ष : रामजी सापकोटा, सचिव :राजकुमार खड्का

भीमफेदी गाउँपालिका

अध्यक्ष : सानु थापा, सचिव : दीपक गोले

इन्द्रसरोवर गाउँपालिका

अध्यक्ष : ऋषि पुडासैनी, सचिव : बिर्जु तामाङ

मनहरि गाउँपालिका

अध्यक्ष : रामप्रसाद कालाखेती, सचिव : हेमलाल उप्रेती

राक्सिराङ गाउँपालिका

अध्यक्ष : हस्तबहादुर मुक्तान, सचिव : ओम स्याङ्तान

कैलाश गाउँपालिका

अध्यक्ष : बुद्धिबहादुर मुक्तान, सचिव : लालसिं गुरुङ