भक्तपुर, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले जनतालाई ढाँटेर राजनीति गर्न सकिन्छ भनेर सपना नदेख्न चेतावनी दिनु भएको छ ।
सूर्यविनायक नगरपाकिला वडा नं. ८ स्थिती डोलेश्वर मन्दिरमा लागेको श्रवणी मेला २०७६ को समापन कार्यक्रममा बोल्दै सांसद बस्नेतले जनतालाई ढाँटेर राजनीति गर्न सकिन्छ कि भनेर सपना नदेख्न चेतावनी दिँदै नेपालमा कम्युनिष्ट चाहिँदैन कसैले भन्छ भने उसको घरमा खाना समेत पाक्न नसक्ने बताउनुभएको छ ।
धर्मलाई शिरमा राखेर तथा जनतालाई ढाँटेर राजनीति गर्न सकिन्छ कि भनेर सपना नदेख्न चेतावनी दिँदै उहाँले भारतमा धार्मिक पार्टीहरुको मत रहेको तर नेपालमा धार्मिक, जातीय, क्षेतीयलगायतका कुनै मत नरहेको बताउनुभयो । नेपाली जनताहरु कुनैपनि अतिवादका पक्षमा नरहेको र फेल भइसकेको बताउँदै नेपालमा धार्मिक, जातीय, क्षेत्रीयलगायतका विचारहरुबाट अब कोही प्रभावित हुने सम्भावना नरहेको बताउनुभयो ।
सांसद बस्नेतले वर्तमान समयमा नेपालको विकास र समृद्धि ढोकालाई तिव्र गतिका साथ अघि बढाउने एउटैमात्र पार्टी नेकपा भएको बताउनुभयो । संसारका कुनै पनि राजनीतिक दल धार्मिक पार्टी हुन सक्ने बताउँदै उहाँले भन्नुभयो, ‘संसारमा रहेका कुनै पनि राजनीतिक पार्टी धार्मिक पार्टी होइनन् । नेकपा पनि हैन, कांग्रेस पनि होइन । जनताले जे कुरा मान्छन् त्यो कम्युनिष्टहरुले मान्छन् ।’ नेकपमा मात्र नभई नेपालमा रहेका विभिन्न राजनीतिक दलमा आस्थावान जनताले नेकपालाई भोट दिई विकास र समृद्धिको लागि अघि बढ्न जनादेश दिएको बताउँदै उहाँले उक्त कुरा बताउनुभएको हो ।
अन्धविश्वासलाई तोड्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, ‘माक्र्सवाद र भौतिवादीले कुनै पनि सत्यलाई तथ्यमा आधारित बनाउनुपर्छ । कुनै व्यक्तिलाई कसैले धर्म विरोधी भन्छ भने त्यो व्यक्ति नै अन्धविश्वासी हो, रुढिवादी हो । जसले सामन्तवादलाई पश्रय दिँदै जनतालाई दुःख दिइरहेको कुरा बुझ्न जरुरी रहेको छ ।’
कम्युनिष्टहरु वैज्ञानिक हुने बताउँदै कम्युनिष्टहरु विधि, कानुन तथा संविधानलाई सम्मान गर्ने बताउनुभयो । कुनै पनि नेतृत्वको भगवान भनेको नै जनता भएकाले जनताको विचारलाई आत्मसात् गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘कम्युनिष्ट चाहिँदैन भने नेपालको विकास सम्भव छैन । कम्युनिष्ट चाँहिदैन कसैले भन्छ भने उसको घरमा खाना समेत पाक्दैन ।’
जनता न्यायधिस र जनप्रतिनिधि वकिलमात्र भएको बताउँदै उहाँले भन्नुभयो, ‘वकिलले वकालत मात्र गर्छन् र त्यसको फैसला न्यायधिसले गर्छ । त्यसैले यो अनावश्यक अफवाह फैलाउने मानिस वा राजनीतिक दलको लागि फैसला गर्ने जिम्मा चुनावमा जनताको हुनेछ । जनतानै न्यायमूर्ति हो ।’
नेकपाको नेतृत्व आएसँगै भक्तपुरमा साना ठूला विकास र निर्माणका कार्यहरुले तिव्रता पाएसँगै भक्तपुरको मुहार नै फेरिदै गएको बताउनुभयो । नेकपाको नेतृत्वसँग भक्तपुरका जनताले विकास खोज्ने समयको अन्त्य हुँदै विकासले भक्तपुर खोज्ने दिनको शुरुवात समेत भएको बताउनुभयो ।
भक्तपुरमा भौतिक पूर्वाधारको विकाससँगै सडक, खानेपानी, पार्क, पोखरी, ढल, सरसफाई, मठमन्दिरको निर्माण, पर्यटकीय क्षेत्रहरुको विकास तथा प्रवद्र्धनलगायतका जनतालाई आवश्यक सम्पूर्ण कार्यहरुको विकासलाई नेकपाका जनप्रतिनिधिले उत्कृष्ट नेतृत्व गर्दै अघि बढिरहेको बताउनुभयो ।
२/४ जनाको विरोधले भक्तपुरको विकास नरोकिने बताउँदै उहाँले विकासको विरोध गर्नेलाई जनताले मूल्याङ्कन गरिरहेको बताउँदै त्यसको नतिजा जनताले आगामी निर्वाचनमा दिने समेत बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्