बर्दिया, ९ भदौ । बर्दियामा भरुवा बन्दुक सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
आइतबार बिहान बाँसगढी नगरपालिका-९ हजारी टोलका ३१ वर्षीय गणेश राना मगरलाई भरुवा बन्दुक १ थान सहित पक्राउ गरेको हो ।
मगरको घरमा चित्तलको मासु छ भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मोतीपुर र अस्थाई प्रहरी पोष्ट लक्ष्मणाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त भरुवा बन्दुक सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्