समाचार

आजको मौसम



काठमाडौँ, ९ भदौ । आज सोमबार काठमाडौँ लगायत देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी समयमा वर्षा गराउने प्रणली साविक स्थानभन्दा केही दक्षिणतर्फ सरेकोले केही ठाउँमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभरी सामान्य बदली रहि केही ठाउँमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुनेछ । यस्तै, आज राति पनि पश्चिमका केही भूभागामा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले पश्चिमी भू–भागमा सामान्य बदली रहेको छ भने अन्य ठाउँको मौसम सामान्यतया सफा रहेको छ ।