राजनीति

भरतपुरमा निषेधाज्ञा, पत्रकार लामिछानेको बयान आज



काठमाडौँ, ९ भदौ । जिल्ला प्रशासन कार्यालय चितवनले आज बिहान ६ बजेदेखि नै लागू हुने गरी भरतपुर महानगरपालिकाका विभिन्न स्थानमा प्रदर्शन गर्न निषेध गरेको छ।

रवि लामिछानेको समर्थनमा सडकमा उत्रिएकाहरुको संख्या बढ्दै गएपछि प्रशासन कार्यालय चितवनले एक विज्ञप्ति जारी गर्दै उक्त स्थानमा निषेध गरेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन सम्बन्धी अनुसन्धान अभियोजन र न्यायिक निरुपणका सिलसिलामा न्यायिक हिरासतमा रहेका न्युज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेलगायतको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरुबाट भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित मुद्दाको अनुसन्धान अभियोजन र न्यायिक निरुपण गर्ने निकायहरु रहेको क्षेत्रमा हुलदंगा र अशान्ति हुनसक्ने देखिएकाले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ क बमोजिम सोमबार बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि देहायको चार किल्लाभित्र हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा ५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी आदेश गरिएको छ।