समाचार

छुरा प्रहार गरी एक जनाकाे हत्या



काठमाडौँ, ९ भदौ । सुनसरीमा एक जनाको छुरा प्रहार गरी हत्या भएको छ ।

आइतबार साँझ भोक्राहा नरसिंह गाँउपालिका–५ मा स्थानीय मुर्ताज मियाँले धरिलो हतियार प्रहार गरेर वहाव मियाँको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घरायसी झगडाका कारण मुर्ताज मियाँले छुरा प्रहार गर्दा वहाव गम्भीर घाइते भएका थिए । घाइते भएका वहावको उपचारका क्रममा मृत्यु भएको र छुरा प्रहार गर्ने मुर्ताजलेसमेत बीस सेवन गरेकाले उनी पनि गम्भीर घाइते भएको र अहिले उनको विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

छुरा प्रहार गरी हत्या गर्ने मुर्ताज प्रहरीको नियन्त्रणमा रहेको र घटनाको विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।