Banner News

गच्छदारको सत्तारोहण को अन्तिम समयमा यसरी पो लागेछ ब्रेकः कांग्रेसमा सकस



काठमाण्डौ,७ चैत्र । सत्ता बाहिर सकेसम्म बस्न नपरोस् भन्ने चाहन्छन् फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदार । त्यसैले उनी सत्तामा पुग्न अनेक दाउपेज रचिरहन्छन् । तैपनि, उनको सत्तारोहणको चाहनामा बेलाबेलामा तगाराहरु तेर्सिरहन्छन् ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा महत्वपुर्ण मन्त्रालय सम्हाल्ने अवसर पाएका गच्छदार ओली सरकार असमयमै विस्थापित भएसँगै सत्ताविमुख हुन पुगेका छन् । निरन्तर सत्ताको यात्रामा ब्रेक लगे पनि उनले हरेस खाएनन् किनकी सत्तारोहणमा पुग्ने अनेक अस्त्र उनीसँग बाँकी नै थियो । त्यसैले मन्त्री हुने ध्याउन्नमा मन्त्रालयको क्वाटरसमेत नछाडी केही समय पुल्चोक मै अडड जमाएर बसे ।

तर, उनको मन्त्रीको लालसा मेटिएन । पछिल्लो समय मधेशी मोर्चा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयमा पुगेसँगै गच्छदारको दौरा–सुरवाल प्रयोगमा संकेत देखिएको छ । तर, उनको सत्तारोहणमा देखिएका केही तारबार अझै हट्न सकेका छैनन् ।

स्रोतका अनुसार, सत्तारोहणका लागि दौरा सुरुवालमा अइरन धसेर गच्छदार ठिक्क परे पनि सत्तारुढ दल माओवादी र कांग्रेसबीच कुरा मिल्न सकेको छैन । गच्छदारले पहिलो नम्बरमा कांग्रेसले सम्हाल्दै आएको भौतिक योजना तथा निर्माण मन्त्रालय र दोस्रो माओवादी सम्हाल्दै आएको सूचना तथा सञ्चार मन्त्रायल दिनुपर्ने अडान राखिरहेका छन् । तर, गच्छदारले मागेका ती दुवै मन्त्रालय दिन सत्तारुढ दललाई सकस पारिरहेको छ ।

बरु सरकार बलियो बनाउन गच्छदारको आवश्यकाता महसुस गरेको कांग्रेसले उनलाई पार्टी भित्रै भित्रयाउने विषयमा छलफल चलाउन थालेको छ । केही दिनअघि बसेको संसदीय दलको बैठकमै गच्छदारलाई कांग्रेसमा भित्र्याएर महत्वपूर्ण मन्त्रालय दिने विषयमा छलफल भएको थियो । गच्छदारलाई सरकार बलियो बनाउनका निम्ति ल्याउने पर्ने बाध्यता आइलगेपछि कांग्रेसभित्र गच्छदारलाई पार्टीमै फर्काएर मालदार मन्त्रालय दिएर पठाउने विषयमा छलफल चलिरहेको छ, स्रोतले भन्यो ।

विजय गच्छदारलाई भौतिक पूर्वाधार तथा यातायात जस्तो कमिशनको ठूलो पोको प्रपाप्त हुने मन्त्रालय नै चाहिने र उनका अर्का सांसद रामजनम चौधरीलाई स्वास्थ्य मन्त्रालय नै नभई नहुने भएपछि कुरा मिल्न नसकेको स्रोतको दाबी छ ।
साँघु साप्ताहिकबाट