Banner News

जेष्ठ नागरिकलाई भाडा छुटको निर्णय कार्यान्वयन हुन्छ : मन्त्री भट्टराई



काठमाडौँ, १२ भदौ । संस्कृति, पयर्टन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जेष्ठ नागरिकलाई भाडा छुटको निर्णय कार्यान्वयन हुने बताएका छन ।

आज चितवनको भरतपुर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री भट्टराईले ७० वर्ष कटेका वृद्ध–वृद्धालाई हवाई भाडामा ५० प्रतिशत छुट दिने सरकारको निर्णय कार्यान्वयन गरी छाड्ने घोषणा गरेका छन ।

मन्त्री भट्टराईले आन्तरिक पर्यटनमा भाडादरले असर पारेकाले पुनरावलोकन हुने जानकारी दिदै सरकार र एयरलाइन्स कम्पनीको साझा दायित्व भएकोले लागू गरी छाड्ने बताए ।

उनले भने, ‘एयरलाइन्स कम्पनीहरूको पनि सामाजिक उत्तरदायित्व हुन्छ होला, वृद्धवृद्धालाई छुट दिँदा र नदिँदा पाप र धर्मका कुरा पनि हुन्छन, ‘मैले त उहाँहरु आफैंले यस्तो घोषणा गर्नुहुन्छ होला भन्ने ठानेको थिएँ, तर नगर्नु भएकाले मन्त्रालयले गरेको हो ।’

पर्यटनमन्त्री भट्टराईले आन्तरीक हवाई भाडादर महँगो हुँदा पर्यटन क्षेत्रमा केही असर परेको पनि बताउनुभयो । ‘भाडादर महँगो हुँदा पर्यटनमा असर परेको छ, यसमा पनि पुनरावलोकन हुन्छ ।