राजनीति

पुननिर्माणमा काठमाडौँ पछाडि



काठमाडौँ, १५ भदौ । भूकम्पले क्षति पु-याएका निजी घर पुनःनिर्माणमा काठमाडौँ पछाडि परेको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरयाको १४ जिल्लाको अनुदान सम्झौताको तथ्यांकअनुसार सबैभन्दा धेरै गोरखामा ९९ प्रतिशत सम्झौता भएको छ । सिन्धुपाल्चोक, नुवाकोट, ओखलढुंगा र सिन्धुलीको ९७ प्रतिशत सम्झौता भएको छ ।

ललितपुरको ८८ प्रतिशत, काठमाडौँको ८७ प्रतिशत, भक्तपुरको ८६ प्रतिशत र मकवानपुरको ८१ प्रतिशत लाभग्राहीसँग सम्झौता भएको छ । बाँकी जिल्लाको अवस्था ९० प्रतिशतभन्दा माथि छ ।

काठमाडौंमा अनुदानको पहिलो किस्ताको सम्झौता ठिकै देखिए पनि दोस्रो र तेस्रो किस्ता बापतको रकम भुक्तानको अवस्था कमजोर देखिएको हो । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।