काठमाडौँ, १५ भदौ । एन आई सी एशिया बैंकले दशैं तथा तिहारको अवसरमा विशेष योजना ल्याएको छ ।
बैंकले ल्याएको विशेष योजना अन्तर्गत हरेक पटक विदेशस्थित वल्र्ड रेमिटबाट नेपालमा रकम पठाउँदा रकम प्राप्त गर्ने व्यक्तिलाई नगद १०० को मोबाइल रिचार्ज तथा बैंकको खातामा रकम पठाउँदा बैंकको तर्फबाट खातामा ३७५ बोनस क्रेडिट गर्ने योजना ल्याएको छ ।
उक्त विप्रेषण रकम यस बैंकका शाखा कार्यालयहरु, एक्सटेन्सन काउण्टर, शाखारहित बैंकिङ्ग इकाई एवं ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत् सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिनेछ । यो योजना अंग्रेजी महिनाको १ सेप्टेम्बर देखि अक्टोबर ३१सम्म दुई महिनाको लागि लागु हुनेछ ।
सो योजनामार्फत् बैंकले सजिलै रकम पठाउन र निकाल्न सकिने र ग्राहक महानुभावहरुले उच्चतम लाभ लिन सक्ने विश्वास लिएको छ ।










प्रतिक्रिया दिनुहोस्