समाचार

स्कुलको भ्यान पल्टियो



काठमाडौँ, १५ भदौ । काठमाडौँमा स्कुलको भ्यान पल्टिँदा ७ जना विद्यार्थी घाइते भएका छन्।

कपनस्थित ‘लिटिल वन’ नामक मन्टेश्वरी स्कुलको मन्टेश्वरीका १३ जना विद्यार्थी सवार भ्यान पल्टिँदा तीमध्ये ७ जना घाइते भएका हुन्।

घाइतेमध्ये ४ जनामा सामान्य चोट र ३ जनाको हातखुट्टाको हड्डी भाँचिएको बताइएको छ । उनीहरुको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ।