एजेन्सी, १७ भदौ । नर्वेमा हेलिकोप्टर दुर्घटना हुँदा छजनाको मृत्यु भएको छ ।
उत्तरी नर्वेमा भएको यात्रुवाहक हेलिकोप्टर दुर्घटनामा छजनाको मृत्यु भएको आइतबार प्रहरीले जानकारी दिएको छ । ज्यान गुमाउनेमा पाँच जना नर्वेका नागरिक थिए भने एक जना स्विडेनका नागरिक थिए । नर्वेका पाँचै जना २० वर्षभन्दा कम उमेरका थिए भने पाइलट स्विडिस नागरिक थिए ।
दुर्घटना अनुसन्धान बोर्डले नर्वेजियन दैनिक पत्रिका भीजीलाई बताए अनुसार फ्रान्स र हेलिकोप्टर सञ्चालक कम्पनीबाट अनुसन्धान टोली सोमबार घटनास्थल आउने छ ।
प्रतिक्रिया दिनुहोस्