समाचार

भदौ अन्तिम साताबाट दशैंको अग्रिम टिकट बुकिङ



काठमाडौँ, १८ भदौ । काठमाडौँबाट दशैं मनाउन घर जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ भदौको अन्तिम साता खुल्ने भएको छ ।

यातायात व्यवस्था विभागका अनुसार सरकारले यातायात व्यवसायीसँग टिकट कहिले खुल्ला गर्ने भनेर सल्लाह गरिरहेको र दुईरचार दिनमा नै व्यवसायीसँग सहमति गरी दशैंको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने जनाएको छ ।

विभागका अनुसारका अनुसार २२ गते वा २३ गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुला हुनेछ । यसपटक यात्रुलाई हेल्प डेस्कको लागि राजधानीका १० भन्दा बढी ठाउँमा राखिने जनाएको छ ।