Banner News

जनतालाई जे प्रतिबद्धता गरेका छौं, त्यही अनुसार काम गर्छौं : कार्यवाहक प्रम पोखरेल



वीरगञ्ज, १८ भदौ । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलले जनतासमक्क्ष गरिएको प्रतिबद्धता अनुसारनै सरकारले काम गर्ने बताएका छन ।

बुधबार वीरगञ्जमा जनता आवास पुनःनिर्माण कार्यदलले आयोजना गरेको समापन तथा हस्तान्तरण समारोहमा बोल्दै कार्यवाहक प्रधानमन्त्री पोखरेलले मुलुकमा नयाँ व्यवस्था कार्यान्वयनको चरणमा रहेका कारण जन अपेक्षा अनुसार काम हुन नसकेको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले पहिलो वर्ष आधार वर्ष भन्नुभएको थियो, पहिलो वर्ष पूरा भएपछि देशबासीको नाममा सम्बोधन गर्दै डेलिभरीको वर्ष भन्नुभएको छ । यो वर्ष प्रधानमन्त्रीले गरेको प्रतिबद्धता अनुसार काममा केन्द्रित गर्नेछौं ।’  ‘नगरी नहुने काम, नभइ नहुने संरचना, नभइ नहुने विशेष ऐन तयार छ । अब हामी जनतालाई जे प्रतिबद्धता गरेका छौं, त्यही अनुसार काम गर्छौं । निर्वाचनको समयमा गरेको प्रतिबद्धता अनुरुप काम गर्छौं, ठिक ढंगले गरेको वा गर्न नसकेको भए जनताबाट हुने फैसलालाई हामी स्वीकार गर्छौं ।’

दुई तहको सरकार बन्यो, सरकार गठन भएको यहाँसम्म आईपुग्दा थुप्रै कुराहरु हुनुपर्ने हो तर भएन । हिजो गर्छु भनेका थुप्रै कुराहरु किन भएन रु यो स्वभाविक प्रश्न आम जनताको बीचमा छ ।’ ‘सरकार परिवर्तन मात्रै होईन, यो त प्रणाालीमा भएको परिवर्तन हो । ०७२ साल असोजमा आएर संविधान घोषणा भयो । संविधान कार्यन्वयन गराउनका लागि आवश्यक कानुन, संरचना र विशेष ऐनहरु प्रयाप्त थिएनन् ।’

कार्यवाहक प्रधानमन्त्री पोखरेलले मुलुकमा स्थायित्व र शान्ति स्थापना गर्दै त्यसकै जगमा विकास र समृद्धिको बाटोमा अघि बढ्न सकिन्छ भन्ने मान्यता राखेर सरकार अघि बढीरहेको जानकारी गराए ।