काठमाडौँ, १९ भदौ । भारतीय वायुसेनामा सामेल गरिएको ८ अपाचेलाई आधा पाकिस्तानको सीमा क्षेत्र र आधा चीनको सीमा क्षेत्रमा राखिएको भारतीय सेनाले जनाएको छ ।
१८ हजार फिट माथिसम्म गएर आक्रमण गर्न सक्ने अपाचेले २५६ मुभिङ टार्गेटलाई निशाना बनाउन सक्छ। अपाचेलाई उडने ट्याङकको रुपमा समेत चिनिन्छ ।
दिन र रातमा मात्र नभइ जुनसुकै मौसममा समेत दुबैमा उडान भर्न सक्ने अपाचे आकाशबाट जमिनमा र आकाशबाट र आकाशमै मार हान्न सक्नेगरि समेत बनाइएको छ ।
सन् १९९१मा इराक आक्रमणमा प्रयोग गरेको अपाचेलाई अमेरिकाले अफगानिस्तानमा तालिवानी आतंककारीहरुमाथि कार्वाहीमा समेत प्रयोग गरेको थियो । यहि अपाचेले उडानकै समयमै १२ सय राउण्ड गोली प्रहार गर्न सक्छ रक्षा विशेषज्ञहरुका अनुसार ६४ वटा ट्याङकलाई प्रहार गर्न सक्ने क्षमता समेत अपाचेले राख्छ ।
प्रतिक्रिया दिनुहोस्