सम्पादकीय

मासिक १५ लाखको जागिर छोडेर कीर्तिमानै कीर्तिमान



मासिक १५ लाखको जागिर छोडेर नेपाल र नेपालीको नामका लागि पर्वतारोहण गर्ने उनको नाम नेपालीलाई भने बिरलै थाहा छ। उनी हुन्– म्याग्दी दाना गाउँपालिका–३ का निर्मल पुर्जा (निम्स) ।

बेलायती सेनाको ‘स्पेसल फोर्स’को निकै आकर्षक सेवा सुविधा छोडेका उनले छोटो अवधिमा हिमाल आरोहणमा विभिन्न शीर्षकमा विश्व कीर्तिमान राखेका छन्  ।

उनले तीन महिनाभित्र सर्वोच्च शिखर सगरमाथासहित विश्वका ८ हजार मिटरभन्दा बढी उचाइका १४ मध्ये ११ वटा हिमालको सफल आरोहण गरिसकेका छन् ।

कीर्तिमानै कीर्तिमान

एकै सिजनमा नेपालका ६ वटा हिमाल ३१ दिनमा आरोहण गरेको विश्व कीर्तिमान अब उनको नाममा छ । ‘फास्टेस्ट समिट अफ दी टप थ्री माउन्टेन’ (सगरमाथा, केटु र कञ्चनजंगा)को कीर्तिमान पुर्जाले कायम गर्नुभएको छ । यसै गरी ‘फास्टेस्ट समिट अफ दी टप फाइभ माउन्टेन’ (सगरमाथा, केटु, कञ्चनजंगा, लोत्से र मकालु) आरोहणको कीर्तिमान पनि उनकै नाममा अभिलेख भएको छ ।

पुर्जाले अन्नपूर्ण, कञ्चनजंगा, धौलागिरि, सगरमाथा, लोत्से, मकालु, नाग्गा पर्वत, जी वान, जी टु, के टु, ब्रोड पिज जस्ता ११ वटा हिमाल आरोहण गरिसकेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।