विश्व

पटाका कारखानामा विस्फोट हुदा मृत्यु हुनेको संख्या २२ पुग्यो



एजेन्सी, २० भदौ । भारतमा एउटा कारखानामा भएको विस्फोटनमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ  ।

विस्फोटको बेला कारखानामै  रहेका अन्य २० जना  घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् । पञ्जाबको गुर्दासपुरअन्तर्गत पर्ने बाटला क्षेत्रमा घटना भएको थियो । घटनास्थलमा प्रहरी, अग्नि नियन्त्रक, स्वयम्सेवक, स्थानीय बासिन्दालगायतले आगो निभाएका थिए ।

भारत सरकारले यस घटनामा मारिएका प्रति व्यक्तिलाई २ लाख भारु क्षतिपूर्ति स्वरुप दिने भएको छ । सो घटनामा घाइते भएका व्यक्तिहरुलाई ५० हजार भारु क्षतिपूर्ति दिइने समाचारमा जनाइएको छ ।