काठमाडौँ, २१ भदौ । स्वदेशी उत्पादन तथा व्यापार प्रवद्र्धनमा विशेष रुपमा जोड दिँदै भदौ १९ गतेबाट २३ गते सम्म चल्ने लघु मेलामा व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको छ । मेलाले नेपाली उत्पादनको बृहत प्रर्दशनीका रुपमा यस मेलाले स्थानीयस्तरका धेरै लघु उधमी र उत्पालनको बजार बिस्तारमा मद्धत गर्ने मुख्य उद्देश्य रहेको बताइएको छ ।

काठमाडौँको भृकुटीमण्डप लागिरहेको मेलामा सैयौं लघु व्यबसाहीहरुको स्टल र उत्पादनहरु प्रदर्शनमा राखिएको छ । मेलामा हस्तकला, काष्ठकला लगायत अन्य शिल्पहरु र नेपाली स्वदेशी उत्पादनहरु देखिन सकिनेछ ।

विहिवार संस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराईले उक्त मेलाको उद्धघाटन गर्नुभएको उक्त मेलामा च्याउका सुकुटी देखि बाँसका बुटाबाट बनेका सामानहरु सम्म अनि अर्गानिक महदेखि पानीपुरी कम्पीटिशनसम्म यस कार्यक्रमका मुख्य विशेषताहरुमा पर्दछन् ।

लघु उधमीहरुलाई उत्साहित गर्न अनि लघु उधमीहरुको उत्पादनको प्रवर्धन गर्ने उद्देश्यका साथ गरिएको उक्त मेलामा ७६ भन्दा बढि स्वदेशी लघु उधमीका उत्पादन राखिएको स्टल छ । उक्त मेलामा भएका उत्पादनको प्रदर्शनी निकै रोचक र प्रभावकारी भएका सहभागीहरुको अनुभव पनि रहेको छ ।

भोलि विशेष प्रस्तुतिका साथ शनिबार विशेष हुने आयोजकले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्