भक्तपुर, २३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी दिनमो शिक्षाको गुणस्तरलाई वृद्धि गर्दै जागिरको खोजिमा भौतारिने प्रकारको नभई जागिर खुवाउने प्रकारको शिक्षाको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) र जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) भक्तपुरको सहयोगमा सूर्यविनायक नगरपालिका वडा नं १ सिरुटारमा रहेको सिरुटार माध्यमिक विधालय ५ कोठे आर सि सि भवनको उद्घाटन कार्यक्रममा बोल्दै सांसद बस्नेतले शिक्षित युवालाई व्यवहारिक, आधुनिक, नैतिक, स्वभालम्बी बनाउने लगायतका कुराहरु वर्तमान समयमा चुनौति रहेको बताउँदै समाजप्रति जिम्मेवार, बफादार हुने प्रकारको शिक्षा अहिलेको आवश्यक रहेको औल्याउँदै सभ्य समाज निर्माण गर्न सक्ने प्रकारको शिक्षा हुनुपर्नेमा जोड दिनुभयो ।
अरुको जिम्मेवारी भन्दा पनि आफ्नो कर्तव्य पुरा गर्नुपर्ने बताउँदै सांसद बस्नेतले प्राविधिक र सिपमूलक शिक्षाको विकास गर्दै प्रमाणपत्र वोकेर नेता तथा ठूला ठूला व्यक्तिको घरमा धाउने दिनको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले व्यवहारिक शिक्षाको विकास गर्दै कृषिप्रधान मुलुकलाई उद्योगप्रधान मूलक बनाई देशमा नै रोजगारी तथा आत्मनिर्भर हुने वातावरणको विकास गर्न सामुदायीक विद्यालयकले योजनाबद्ध रुपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
सरकारले ६ प्रकारका कार्य गर्नेलाई सहुलियत दरमा ऋणको व्यवस्था गरेको जानकारी गराउँदै उहाँले भन्नुभयो, ‘सरकारले ऋण, शिक्षा तथा घरेलुले विभिन्न प्रविधिको व्यवस्था गरिरहेकाले अवका दिनमा व्यहारिक शिक्षाको अर्को कुनै विकल्प छैन । सरकारलाई सरापेर आफ्नो उद्देश्य पुरा हुन सक्दैन, राज्यले दिएका तमाम कुरालाई उपयोग गरे लक्ष्यमा पुग्न सकिन्छ । नकरात्मक टिकाटिप्पणीले समाजमा राम्रो सन्देश दिँदैन । त्यसैले अनावश्यक हल्लाको पछि लाग्नु भन्दा पनि वास्तविकतामा अडिग रहनुपर्छ ।’
सूर्यविनायक नगरपालिकाले शिक्षाको व्यवस्थापनलगायतका क्षेत्रहरुमा गरेको सुधारका कारण वर्तमान समयमा सामुदायीक विद्यालयहरुमा विद्यार्थीको मोह बढ्दै गइरहेको बताउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले नीजि र सामुदायीक विद्यालयहरुको साझेदारीमा अघि बढ्नु वर्तमान समयको माग रहेको बताउँदै उहाँले सार्वजनीक, नीजि र सहकार्य अहिलेको अपरिहार्य रहेको बताउनुभयो । नीजि र सामुदायीक विद्यालयको सहकार्य नै आधुनिक शिक्षाको मूख्य आधार भएको बताउँदै उहाँले शिक्षाको सुधारको लागि आवश्यक जस्तोसुकै पहलकदमी लिन तयार रहेको समेत उद्घोष गर्नुभयो ।
भुकम्पको समयमा जिर्ण भएका विद्यालयका भवन तथा अन्य भौतिक संरचनाहरु तिव्र गतिका साथ पुनसंरचना भइरहेको जसका कारण भक्तपुरको मुहार नै फेरिएको भक्तपुरमा सडक, ढल, खानेपानी, पुल, शिक्षा, स्वास्थ्य क्षेत्रमा जनताको माग तथा चाहना अनुसार नै भइरहेको बताउनुभयो । उहाँले भक्तपुरमा भुकम्प पछि भौतिक संरचना तथा नीजि आवास निर्माणका कार्यहरु उल्लेख्य मात्रामा काम भइरहेको बताउँदै डोलेश्वर, दक्षिणवाराही, भक्तपुरको दरवार स्क्वायर, चाँगुनारायण मन्दिरलगायतका धेरै मठमन्दिरहरु पुनः निर्माण भइरहेको जानकारी गराउनुभयो ।
भक्तपुरमा आगामी चार वर्षमा जनताको माग तथा चुनावी प्रतिवद्धताहरु शतप्रतिशत पुरा हुने बताउँदै सांसद बस्नेतले भक्तपुरमा पुरातात्वीक सम्पदाका संरचनाहरु समेत तिव्रताका साथ निर्माण कार्य भइरहेको बताउनुभयो । भक्तपुरमा साना ठूला गरी सयौं विकासका योजनाहरु तिव्र गतिका साथ निर्माण कार्य भइरहेकोले निर्माणको क्रममा केही मात्रामा समस्या उत्पन्न भए त्यसलाई सही दिन समेत स्थानीयवासीसँग आग्रह गर्नुभयो ।
सूर्यविनायक नगरपालिकामा २२औं भवनको रुपमा उक्त विद्यालयको भवन उद्घाटन गरिएको उक्त विद्यालयको भवन राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा) र जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) भक्तपुरको आ.व २०७४/२०७५ को कार्यक्रम अन्तर्गत रु ६२ लाख २३ हजार ७२८ रुपैया, सूर्यविनायक नगरपालिकाबाट रु १० लाख र विधालय आन्तरिक स्रोतबाट रु ३ लाख ५० हजार गरी जम्मा रु ७५ लाख ७३ हजार ७२८ मा निर्माण सम्पन्न भएको हो ।










प्रतिक्रिया दिनुहोस्