समाचार

एक बृद्धको धारिलो हतियार घाँटीमा प्रयोग गरी हत्या



धनुषा, २३ भदौ । धनुषामा एक व्यक्तिको धारिलो हतियार प्रयोग गरेर हत्या भएको छ ।

सदरमुकाम जनकपुरमा अन्दाजी ६० वर्षीय रामवरण शर्माको धारिलो हतियार घाँटीमा प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ ।

मृतक शर्मा आईतबार साँझ ८ बजेको समयमा तारापट्टी बजारबाट तरकारी किनेर घर फर्किदै गर्दा ठेरा कचुरी सड़क खण्डको पेट्रोल पम्प नजिकै मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले उनको हत्या गरेको हत्या गरेको स्थानीयलाई उधृत गर्दै प्रहरीले जनाएको छ ।

हत्याराको खोजी भईरहेको प्रहरीले जनाएको छ । मृतक शर्माको शव अहिले पोस्ट मार्टमको लागि जनकपुरको अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।