काठमाडौं, ८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताको प्रमूख घटक नेपाली कांग्रेससँगको सहमति बिना नैं कमल थापालाई दोश्रो बरियतासहित उपप्रधानमन्त्री बनाईएपछि प्रचण्डको पद धरापमा परेको छ ।
नेपाली कांग्रेसले संविधान संशोधनको बिधेयकलाई व्यवस्थापिका संसदमा निर्णयार्थ प्रस्तुत गर्न बारम्बार दिएको आग्रहलाई कार्यान्वयन गर्न अटेर गरेपछि कांग्रेस सभपाति देउवा प्रधानमन्त्री प्रचण्डसँग झस्किएका छन् । प्रचण्डले देउवाको आग्रहलाई वेवास्था गर्दै मन्त्रिपरिषद्को दोश्रो बरियतामा राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीमा नियुक्त गरेपछि देउवा प्रचण्डसँग असन्तुष्ट बनेका हुन् ।
यसअघि पनि प्रचण्डले देउवाको आग्रहलाई लत्याउँदै प्रहरी महानिरिक्षकमा प्रहरी नायव महानिरिक्षक नवराज सिलवालको बढुवा गर्न खोजेपछि सत्तामा खटपट परेको थियो ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग गत साउन १९ गते भएको तीन बुँदे सहमति बमोजिम संविधान संशोधनको प्रस्तावालाई सदनमा पेश गर्न कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई बारम्बार आग्रह गरेको थियो । तर प्रचण्डले मधेशी मोर्चाको माग पुरा गर्न विधेयक पेश गरेर मात्र नहुने पास पनि गराउनु प¥यो भन्दै समय गुजार्दै आएका छन् ।
प्रचण्डले कांग्रेस, माओवादी केन्द्र र मधेशी मोर्चाका सांसदले मात्र संशोधन विधेयक दुई तिहाईबाट पारित गर्न सख्या नपुग्ने भन्दै राप्रपा र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकलाई मनाउन प्रयास गर्नु पर्ने बिषलाई प्राथमिकता दिएका थिए ।
प्रचण्डले आफ्नो सोही तर्कलाई पुष्टी गर्न राप्रपा अध्यक्ष कमल थापालाई सरकारमा ल्याए । तर संविधान संशोधनको पक्षमा होइन, विपक्षमा मत हाल्छु भन्दै पत्रकार सम्मेलनबाट घोषणा गरेपछि देउवाले प्रचण्डलाई किन गाइजात्रा देखाएको भनी प्रश्न गरेका थिए । देउवाले गच्छेदारलाई नल्याई राप्रपालाई सरकारमा ल्याउनुलाई कांग्रेसमाथिको षडयन्त्र भनी आशंका व्यक्त गरेका छन् ।
गत २३ फागुनमा सप्तरीको घटनापछि देउवा र प्रचण्डबीचको सम्बन्धमा चिसोपना बढ्दै गएको छ । प्रचण्डले आफूलाई पानीमाथिको ओभानो देखाउन ‘मैले सुरक्षाकर्मीलाई गोली नचलाउन आदेश दिएको थिएँ’ भन्दै प्रचार गरेपछि देउवा र उपप्रधानमन्त्री बिमलेन्द्र निधि प्रचण्डप्रति आक्रोसित भएका थिए ।
प्रचण्डले फोन गरेर मधेश अभियान रोक्न ओलीलाई फोन गरेका थिए । प्रधानमन्त्री प्रचण्डलाई माओवादी नेता नारायणकाजी श्रेष्ठले ओलीलाई फोन गर्न सुझाव दिएका थिए ।
श्रेष्ठको सल्लाह बमोजिम नै प्रचण्डलाई भेट्न ओली कपिलबस्तुको कार्यक्रम छोडेर कामठाडौं फर्किएका थिए । ओली र प्रचण्डबीच वान टु वान भेटमा के भयो भन्ने बिषयले कांग्रेसलाई झन् आशंका जन्माएको छ ।
त्यसको भोलीपल्ट नैं प्रचण्डले चीन भ्रमणको सेड्युअल फिक्स गरेका थिए । प्रचण्डले एक पछि अर्को गर्दै मधेशी मोर्चाको माग पुरा नगर्ने र कांग्रेसलाई कर्नरमा पार्ने काम गरेपछि कांग्रेससँगको सम्बन्ध चिसिँदै गएको हो ।
प्रचण्डले सुरक्षाकर्मी र एमालेको अभियानलाई भिडाएर तराईमा हिंसा भड्काउने र स्थानीय तहको निर्वाचन भाँडियो भन्दै सत्ता लम्ब्याउने कसरत गरेको भन्दै कांग्रेस भित्र यतिवेला प्रचण्डको आलोचना हुन थालेको छ । जनप्रहार साप्ताहिकमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्