राजनीति

अध्यक्ष दाहाल र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता



काठमाडौँ, २४ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।

मंगलबार बिहान काठमाडौँ  पाँचतारे होटलमा  उनीहरुबीच भेटवार्ता भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । दुईबीचको उक्त भेटवार्तामा दुई देशको आपसी हितलगायत विषयमा कुराकानी भएको जनाएको छ ।

विदेशमन्त्री वाङले यसअघि नै राष्टपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, विदेशमन्त्री प्रदीप ज्ञवालीलगायतसँग भेटवार्ता गरेका थिए । उनी आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।