काठमाडौँ, २५ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी र आयरल्याण्ड संसद्का सभामुख सिन ओ फियरघेल (sean o fearghail) बीच शिष्टाचार भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारी र आयरल्याण्ड संसद्का सभामुख सिन ओ फियरघेल (sean o fearghail) बीच भेटवार्ता भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
भेटको क्रममा दुई देशबीच विद्यमान सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्