काठमाडौँ, २५ भदौ ।ओखलढुंगामा पत्नी बियोगको पीडा सहन नसकेर एक युवकले आत्महत्या गरेका छन् ।
चिशंखुगढी गाउँपालिका ६ भदौरेका २२ बर्षीय नबिन परियारले आइतबार आत्महत्या गरेका हुन् । खोटाङको रावाबेसी गाउँपालिका–२ माइती भई वैवाहिक बन्धनमा बाँधिएकी २१ वर्षीया श्रीमती गंगा परियारले गत भदौ ४ गते माइतीमै झुन्डिएर आत्महत्या गरेकी थिइन् ।
उनीहरु वैवाहिक बन्धनमा बाँधिएपछि गंगा घरमा बस्दै आएकी थिइन् भने नविन कामको सिलसिलामा काठमाडौंमा बस्दै आएका थिए । तर, श्रीमती परीक्षा दिन माइती जाने भएपछि नविन घर आएका थिए । परीक्षा सकेको २ दिन पनि नबित्दै श्रीमतीले आत्महत्या गरेपछि नविन बिछिप्त बनेका थिए ।
नविनले पत्नी बियोगमा आत्महत्या गरेको पुष्टि भएको छ । आत्महत्या गरेका नबिनले आत्महत्या गर्नुअघि श्रीमतीको नाममा लेखेको चिठ्ठीसमेत फेला परेका छ । चिठ्ठीमा उनले ‘ प्यारी श्रीमती १ तिमी म भन्दा अगाडि गयौ । म पनि तिम्रो पछिपछि आउदैछु । यो कदम मैले कसैको करकापले लिएर हैन ।’ लेखेका छन् ।
आत्महत्यापछि मृतक नविनको शबलाई पोष्टमार्टम पश्चात दाहासंस्कार गरिएको परिवारिक श्रोतले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्