अर्थ

मन्त्री भट्टाराईले भने ५ बर्षभित्र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल तयार हुन्छ



काठमाडौँ, २५ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अबको ५ वर्षभित्र कुनै पनि हालतमा निजगढ अन्तरर्राष्ट्रिय विमानस्थल तयार हुने बताएका छन ।

आज काठमाडौँमा दुई दिने लगानी पूर्वाधार सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले निकट भविष्यमै दुई ओटा अन्तरर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन लागेको बताउदै अबको ५ वर्षभित्र निजगढ अन्तरर्राष्ट्रिय विमानस्थल तयार हुने र यसका लागि ठोस रुपमा प्रक्रिया अघि बढिसकेको बताएका हुन ।

नेपालका सबै राजनीतिक दलहरु विकासको मुद्दामा एकै ठाउँमा उभिएकाले लगानीको वातावरणमा कुनै समस्या नभएको बताउउदै उनले वैदेशिक लगानीका लागि नेपाल अहिले सबैभन्दा राम्रो र उपयुक्त गन्तव्य भएको बताए ।

उत्तर–दक्षिण दुवै मुलुकसँग विभिन्न नाकाको स्तरोन्नति गर्ने र नयाँ नाका खोल्ने तथा पूर्व–पश्चिम जोड्ने चार ओटा राजमार्गहरुको निर्माणअघि बढाएकाले यातायात क्षेत्रमा ठूलो सुधार हुने बताए ।

आजदेखि सुरु भएको दुई दिने लगानी पूर्वाधार सम्मेलनमा लगानी बोर्डका २१ र प्रदेशस्तरका ८२ ओटा आयोजना प्रदर्शनी गरिने भएको छ ।