समाचार

रुखले किचेर बालकको मृत्यु



दाङ,  २५ भदौ । दाङमा रुखले किचेर एक बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मंगलवार दिउँसो विद्यालयबाट घर फर्कदै गर्दा रुख ढलेर किच्दा बंगलाचुली गाउँपालिका सोतीटाला निवासी १० वर्षीय सुजन खत्रीको मृत्यु भएको हो ।

रुखले लागेर सोही ठाउँका ९ वर्षीय तिलक खत्री घाइते भएका छन् । उनको उपचार राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भईरहेको प्रहरीले जनाएको छ ।