समाचार

बलात्कार गरेको आरोपमा इञ्जिनियर पक्राउ



काठमाडौँ, २५ भदौ । बलात्कारको गरेको आरोपमा एक इञ्जिनियरलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार साँझ स्थानीय १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा मेलौली नगरपालिकाका इञ्जिनियर २७ वर्षीय रोशन चन्दलाई  पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, सव-इञ्जिनीयर पढ्दै गरेकी किशोरी नगरपालिकामा ओजेटी गर्दै आएकी थिए । सोमबार ती किशोरीलाई ललाइफकाई डडेल्धुरा लगी जबर्जस्तीकरणी गरेको इञ्जिनियरमाथि आरोप लागेको छ । उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।