काठमाडौँ, २६ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि चार देशका राजदूतहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन ।
राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा नेपालका लागि बेलारुसका राजदूत आन्द्रेइ जेउस्की, फिलिपिन्सका राजदूत रोमोन एस बगतासिं जेआर, पोर्चुगलका राजदूत कार्लोस पेरेरा मर्कुस र भेनेज्वेलाका राजदूत कोरोमोतो गोडोए काल्डेरोनले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन ।
उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्