काठमाडौँ, २६ भदौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सरकारले एलपी ग्यास छिट्टै सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको बताएका छन ।
बुधबार काठमाडौँमा नेपाल एलपी ग्यास उद्योग संघको २४औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री यादवले निम्न आय भएका उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर सरकारले एलपी ग्यास छिट्टै सहुलियत दरमा पनि उपलब्ध गराउने तयारी भैरहेको बताएका हुन ।
मन्त्री यादवले व्यवसायीहरुसँग मिलेर सरकारले एलपी ग्यासको आपूर्ति व्यवस्थालाई सहज ढंगले अघि बढाइरहेको बताउदै नागरिकको पक्षमा काम गर्दा कानुनी जटिलता हुने थपिने गरेको उल्लेख गर्दै ती समस्या समाधान गरेर जान पनि सरकार तयार रहेको बताए ।










प्रतिक्रिया दिनुहोस्