काठमाडौँ, २७ भदौ । गृहमन्त्री रामबहादुर थापाले बाँकेमा बिहीबार भएको घटनाको बारेमा सरकारको ध्यानाकर्षण भएको र दोषीलाई कडा कारबाही हुने बताउनुभएको छ ।
प्रतिनिधिसभा राज्यव्यवस्था समितिको आजको बैठकमा कांग्रेस सांसद डा. डिला स्रग्रौलाले प्रश्न राखेपछि गृहमन्त्रीले घटनाको बारेमा ध्यानाकर्षण भएको र दोषीमाथि कारवाही हुने बताउनुभयो । उहाँले उक्त कार्यक्रमा संलग्न रहेका ३ जना पक्राउ परेको र अरूको खोजी भइरहेको समेत जानकारी गराउनुभयो ।
बिहीबार नेपाली काङ्ग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएका सभापति किरण कोइराला लगायतका काङ्ग्रेस कार्यकर्तामाथि युवाहरुको समूहले मञ्चमै पुगेर आक्रमण गरेको थियो । आक्रमणबाट सभापति कोइरालाको बायाँ हात भाँच्चिएको छ ।










प्रतिक्रिया दिनुहोस्