राजनीति

‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज तथा अध्यक्ष पक्राउ



बर्दिया, २७ भदौ । सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज मीना चलाउने र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष लोकेन्द्र जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बिहीबार साँझ ६ बजे जिल्लाको विभिन्न विद्यालयमा सङ्गठन बिस्तार अभियान चलाएर फर्कंदै गर्दा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।