सम्पादकीय

नेपालीको खुसी बढ्यो



काठमाडौं, ८ चैत । पोहोरभन्दा खुसी हुनुहुन्छ कि दुःखी ? राजनीतिक अवस्थालाई दोष दिँदै भन्नुहोला, ‘खुसी हुने अवस्थै छैन ।’ यस्तै सोचाइ हो भने तपाईं विश्वभरकै खुसी मापनकर्तालाई चुनौती दिँदै दिदै छन ।

राजनीतिक अस्थिरतालाई दोष दिँदै द्यैनिक करिब १५ सय युवा बिदेशिने गरेका बेला विश्व खुसी सूचकमा भने नेपाल पोहोरभन्दा ८ स्थानमाथि उक्लेको छ । अर्थात, पोहोरभन्दा यसपालि नेपालीहरु खुसी छन् ।

न्युयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा सोमबार सार्वजनिक ‘विश्व खुसी प्रतिवेदन– २०१७ (वल्र्ड ह्याप्पिनेस रिपोर्ट)’ अनुसार गतवर्षको तुलनामा नेपालीको खुसी थपिएको हो ।

प्रतिवेदन अनुसार नेपाल ९९ औं स्थानमा छ । अघिल्लो वर्ष १०७ औं स्थानमा थियो । प्रतिवेदनअनुसार नेपाली भारतीयभन्दा खुसी छन् भने पाकिस्तानीभन्दा दुःखी ।

अन्तर्राष्ट्रिय खुसी दिवस (मार्च २०) को अवसरमा सार्वजनिक प्रतिवेदन अनुसार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क का सदस्य मुलुकमध्ये नेपाल तेस्रो खुसी मुलुकमा परेको छ । सार्कमा पाकिस्तान सबैभन्दा बढी खुसी मुलुकमा पर्छ । भुटान दोस्रो स्थानमा छ । कान्तिपुरमा समाचार छ ।