काठमाडौँ, २७ भदौ । आज देवता इन्द्रको पूजाआराधना गरी उपत्यकामा ऐतिहासिक इन्द्रजात्रा पर्व मनाइँदै छ ।
विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गर्दछन् ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।
यसैको अवसरमा सरकारले आज बिदा समेत दिएको छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायतका स्थानमा मनाउने गरिन्छ ।










प्रतिक्रिया दिनुहोस्