राजनीति

मन्त्री पोखरेलद्नावारा नागरिक समाजका नाममा राजनीति नगर्न आग्रह



काठमाडौँ, २८ भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नागरिक समाजका नाममा राजनीति नगर्न आग्रह गरेका छन ।

सिंहदरबारमा शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ)नेपालको नवनिर्वाचित कार्यसमितिसँग छलफल गर्दै मन्त्री पोखरेलले सरकारले सार्वजनिक शिक्षा सवलीकरणको मुद्दालाई उच्च प्राथमिकता दिएको बदलिँदो परिस्थितिमा नागरिक समाजको भूमिका परम्परागतभन्दा फरक हुने भएकाले त्यस मर्मलाई आत्मसात् गरेर सहकार्य गर्न आग्रह गरेका हून ।

उनले भने, ‘नागरिक चेतना र नागरिक समाज फरक–फरक ढङ्गले गएको पनि देखिन्छ, कतिपय संस्था स्थानीय तहमा नगई काठमाडौँ केन्द्रित भएका छन् र शिक्षाका नाममा अन्य काम गरिरहेका छन्, यो शैलीमा परिवर्तन आउन आवश्यक छ ।’

सार्वजनिक शिक्षाको सुदृढीकरणका लागि राष्ट्रिय शिक्षा नीति ल्याइने बताउदै दिगो विकास लक्ष्यअन्तर्गत नेपालले विद्यार्थी भर्नादर, लैङ्गिक समानताजस्ता उल्लेख्य प्रगति भएको बताए ।

मन्त्री पोखरेलले शिक्षक दरबन्दी पुनः वितरण, राष्ट्रिय विज्ञान नीति र विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयको विधेयकमा मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति लिइएको जानकारी दिए ।