राजनीति

सरकार जे बोल्छ, त्यही गर्छ : मन्त्री बाँस्कोटा



काभ्रेपलाञ्चोक, २८ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्वमा रहेको सरकारले जनतासामु गरेको प्रतिवद्धता शतप्रतिशत पुरा गर्ने बताउँदै सरकारले जे बोलेको छ त्यो पुरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

शुक्रबार पनौती नगरपालिकास्थित लाकुरीभञ्ज्याङ–पनौती–नमोबुद्ध सडक स्तरोन्नति कार्यको शुभारम्भ तथा कुशादेवी माध्यमिक विद्यालयबाट एसइई परीक्षामा उत्तीर्णलाई सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले जनातको इच्छा र चाहना पुरा गर्न सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थकता दिन सरकार देश निर्माणको महाअभियानमा अहोरात्र खटिरहेको बताउनुभयो ।

सरकार गत वर्ष बनाएका योजना सञ्चालनमा व्यस्त रहेको र यस वर्षदेखि सरकारले नतिजा दिने बताउनुभयो । मन्त्री बाँस्कोटाले कुनै पनि देश एकैपटक, एकै वर्षमा नबनेको उल्लेख गर्दै सरकारले छोटो समयमा हालै मात्र योजना सम्पन्न भएको उदाहरण ‘पाइपलाइन तेल’ आयातलाई लिन आग्रह गर्नुभयो ।