महोत्तरी, २९ भदौ । महोत्तरीमा घाँटी थिचेर एक किशोरको हत्या भएको छ ।
शनिबार बिहान एकडारा गाउँपालिका-२ स्थित धान खेतमा घाँटी थिचेर हत्या गरिएको अवस्थामा राजकिशोर बैठाका छोरा अन्दाजी १७/१८ वर्षीय विकेश बैठाको धान खेतको बीचमा शव फेला परेको हो ।
बैठालाई अत्यधिक बलपूर्वक घाँटी थिचेका कारण दुवै आँखा बाहिर निस्केको अवस्थामा शव फेला परेको हो । हत्या गरिएका युवकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्