काठमाडौं, २९ भदौ । गुण्डागर्दी तथा विभिन्न अपराधमा संलग्न रहेका काठमाडौं जरंखु बस्ने धादिङ नेत्रावती गाउँपालिका-२ का ३१ वर्षीय साजन गुरुङलाई कटुवा पेस्तोल १ थान र गोली २ राउण्ड सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विगत केही समयदेखि उपत्यकामा हुने गुण्डागर्दी नियन्त्रण तथा विभिन्न अपराधमा संलग्न रहेका ब्यक्तिहरुको खोजतलास गर्ने क्रममा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले गुरुङलाई काठमाडौं तार्केश्वर नगरपालिका-४ फुलबारी गेट नजिक रहेको नर्थभ्यु रेष्टुरेण्टमा फेला पारी पक्राउ गरेको हो ।
साथै गुरुङलाई नियन्त्रणमा लिने क्रममा उनले आफ्नो साथमा रहेको पेस्तोल निकाली प्रहरीलाई लक्षित गरी ताकेपछि प्रहरीले आत्मरक्षाको लागि फायर गर्दा गुरुङको दुबै खुट्टाको घुडामुनी गोली लागेर घाइते भएका थिए ।
घाइते गुरुङलाई तत्काल उपचारको लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएकोमा थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज लगिएको उक्त महाशाखाले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्