एजेन्सी, २९ भदौ । भारतको युपीस्थित गाजियावाद कुकुर पाल्न लाइसेन्स अनिवार्य बनाउनुपर्ने भएको छ ।
गाजियावादका घरपरिवार जसले कुकुर पाल्न चाहन्छन् उनीहरुले अब नगर निगममा पाँच हजार भारतीय रुपैयाँ जम्मा गरेर लाइसेन्स लिनुपर्ने छ । लाइसेन्सविना उक्त क्षेत्रमा कुकुर पाल्न निषेध गरिएको छ ।
लाइसेन्स लिेएर पनि कुकुरले सडक या पार्कमा दिशापिसाब गरे पाँच सय भारतीय रुपैयाँ जरिवानासमेत दिनु पर्ने छ ।
छाडा कुकुरको संख्या बढ्दै गएपछि र वाहिरी वातावरणमासमेत दुर्गन्ध फैलन थालेपछि उक्त क्षेत्रमा यस्तो नियम ल्याइएको गाजियावादका अधिकारीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्