Banner News

ओलीले भने– विदेशी एजेण्डाको भारी बोकेर देशलाई समृद्ध बनाउन सकिदैन



काठमाडौं, ८ चैत ।नेकपा नेकपा एमालेले पार्टीको मेची महाकाली अभियानमा सहभागिहरुलाई सम्मान गर्न राजधानीमा मंगलवार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष

‘एमाले आफ्ना कार्यक्रम, नीति र आफूले गरेका कामका विवरण लिएर तराईका जनतामा गयो भने त्यहाँ फैलाइएको भ्रम चकनाचुर हुन्छ । एमाले नजाओस् र झुठको खेती टिकाइराख्न पाउँ भनेर बम, भाला बोकेर निषेध गर्ने प्रयास गरेका हुन्’ ओलीले भने, ‘अहिले केही पार्टीका नेता एमालेले गर्दा चुनाव गर्न गाह्रो भनिरहेका छन्, तिनीहरुलाई सबै मिल्दा पनि एमालेसँग सकिंदैन भन्ने परेको छ ।
ओलीले एमाले र सत्तारुढ अन्य पार्टीहरु एक एक केजीका चारवटा ढक र एमाले एक्लै पाँच केजीको एउटा ढक तराजुमा राखेर जोखेजस्तो भएको टिप्पणी गरे । ‘एक एक केजीका चारवटा ढक जम्मा गरेर एकठाउँमा राखेका छन्, एमाले एक्लै पाँच केजीको छ’ ओलीले भने, ‘एमालेलाई एक्ल्याउन जो जो मिले पनि एमालेसँग सामना गर्न उनीहरुलाई अप्ठ्यारो भइरहेको छ ।’

उनले एमालेले बोकेका मुद्दा राष्ट्रिय मुद्दा भएकाले ती मुद्दा पराजित हुँदा एमाले मात्रै पराजित नहुने वताए । ‘केपी ओली मधेस विरोधी, केपी ओली जनजाति विरोधी भनेर भ्रम फिंजाएका छन्, यो केपी ओलीको वा एमालेको मात्रै मुद्दा होइन’ ओलीले भने, ‘यस्ता हार जीतमा केपी ओलीले हारेर केही हुँदैन तर, देशले हार्नु भएन ।’ सामाजिक सद्भाव खल्बल्याउने पक्षले एउटा जाति विरुद्ध अर्का जाति र एउटा भूगोल विरुद्ध अर्का भूगोलबा बीच द्वन्द्व बढाउन खोजेको ओलीको भनाई थियो ।
‘सत्तामा बसेका छन्, जनताका बीच लिएर जाने एजेण्डा छैन’ ओलीले भने, ‘एमाले यस्तो, केपी ओली उस्तो, फलाना फलानाको विरोधी भन्यो लाठी बोक्यो हिड्यो, उनीहरुको धन्दा यसैगरी चलिरहेको छ ।’
उनले संविधान संस्थागत गरी देशलाई विकासको दिशामा अगाडि बढाउन ढिलो भइसकेको वताए । राष्ट्रलाई समृद्धिमा लैजान एमाले आफ्ना कार्यकर्ता मात्रै नभएर अन्य दलका कार्यकर्तालाई पनि प्रशिक्षण दिन तयार रहेको ओलीको भनाई थियो । उनले विदेशीका एजेण्डाका भारी बोकेर देशलाई समृद्ध बनाउन नसकिने वताए ।