समाचार

काठमाडौँबाट चार महिला जुवाडे पक्राउ



काठमाडौँ, ३० भदौ । काठमाडौँबाट ४ महिला जुवाडे पक्राउ परेका छन् ।

शनिबार राति महानगरपालिका-६ महाङ्कालमा डेरा गरी बस्ने रसुवा गोसाईकुण्ड गाउँपालिका-३ की २८ वर्षीया रिता राई तामाङको कोठामा जुवातास खेलिरहेका उनीहरुलाई प्रहरीले  पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरुको साथबाट ६६ हजार १ सय ७० रुपैयाँ, ५ सय भारतीय रुपैयाँ र ३ बुक ताससमेत बरामद गरेको गरेको बताएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताइएको छ ।