काठमाडौँ, ३० भदौ । काठमाडौँबाट एक ट्याक्सी चालक लुटिएका छन् ।
आइतबार विहान बुढानिलकण्ठ नगरपालिका-१३ गाम्चापुल नजिकैबाट बा.१ ज. ९०४१ नम्बरका ट्याक्सी चालक ३८ वर्षीय पूर्ण बहादुर तामाङको साथबाट नगद ५ हजार रुपैयाँ र एक थान मोबाइल लुटपाट भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सामाखुसीबाट ट्याक्सी चढेका ३ जना अपरिचित व्यक्तिहरुले गाम्चापुल नजिकै पुगेपछि तामाङलाई कुटपिट गरी उनको ट्याक्सी नै लिएर फरार भएका थिए । प्रहरी टोलीले तामाङको ट्याक्सी सामाखुशीमा फेला पारेको जनाएको छ ।
लुटपाटमा संलग्न समूहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्