समाचार

करेन्ट लागेर एकजनाको मृत्यु



दाङ, ३० भदौ । दाङमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

आइतबार साँझ ७ बजेतिर घोराही उपमहानगरपालिका– १६ स्थित गुर्जेखोलाको पुल नजिकै सोही पुल निर्माणको काम गर्न बसेका एक व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । करेन्ट लागेर कञ्चनपुर लालझरी गाउँपालिका ६ निवासी २३ वर्षीय शिवराज चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।