काठमाडौँ, ३० भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अराजक तत्व र हत्केलाले सूर्य छेक्न खोज्नेलाई प्रतिवाद गर्न युवा तथा विद्यार्थीलाई निर्देशन दिएका छन् ।
आज काठमाडौँमा तत्कालीन माओवादी केन्द्रका नेता स्वर्गीय पोष्टबहादुर बोगटीको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘विशेष गरी युवा र विद्यार्थी साथीहरूलाई जनतामा भ्रम छर्ने अराजक तत्व र हत्केलाले सूर्य छेक्न खोज्नेलाई प्रतिवाद गर्न र उनीहरूबाट सतर्क रहन विशेष अपिल गर्दछु ।’
अध्यक्ष दाहालले जनताले ल्याएको परिवर्तन र समाजवादको सपना पूरा गर्न आ–आफ्नो ठाउँबाट भूमिका खेल्न आवश्यक रहेको बताउदै उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कलिलैमा निमोठ्न वा मार्न सकिन्छ भन्नेहरूले अराजकता, भ्रम र आतंकको वातावरण बनाउने प्रयास गरिरहेको बताए ।










प्रतिक्रिया दिनुहोस्