महोत्तरी, ३१ भदौ । महोत्तरीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ ।
वर्दिवास नगरपालिकामा ४ माइस्थानमा माटोमा पुरिएर १४ वर्षीय निरोज बमजनको मृत्यु भएको हो । उक्त घटनामा अर्का १ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार दशै नजिकिएसंगै घर पोत्नको लागि माटो लिन गएका बालक माटोको ढिस्को भत्किंदा पुरिएको हो । घाइते ३८ वर्षीय चन्द्र बलको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्