समाचार

काठमाडौँमा बसभित्रै बालिका बलात्कृत



काठमाडौँ, ३१ भदौ । काठमाडौँमा बसभित्रै एक बालिका बलात्कृत भएकी छन् भने अर्की बालिकामाथि अनैतिक क्रियाकलाप भएको छ ।

सोमबार बिहान तारकेश्वर नगरपालिका मनमैंजुस्थित शुभकामना चोकमा बा४ख८२ नम्बरको बसभित्रै ११ वर्षीया बालिकालाई जबरजस्ती करणी तथा १० वर्षीया बालिकालाई अनैतिक क्रियाकलाप गरेको आरोपमा सहचालक भोजपुर हचुवागढी गाउँपालिका-३ का ३६ वर्षीय एल्जित राई पक्राउ परेका छन ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले ११ वर्षीया बालिकालाई सोधपुछ गर्ने क्रममा राईले ती बालिकालाई बसभित्र जबरजस्ती करणी गरेको तथा उनकी साथी रामेछापकी १० वर्षीया बालिकालाई अनैतिक क्रियाकलाप गरी बालिकाकै कोठामा लगी छाडेको बताइएको छ । पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।