काठमाडौँ, ३१ भदौ । लुक्लाबाट काठमाडौँ उडेका चार वटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण भएका छन् ।
मौसम खराबका कारण मनाङ्ग एयर, सिम्रिक, कैलाश एयरका ४ वटा हेलिकप्टर पाँचखाल २ जोरपाटी र हर्सेमा आकस्मिक अवतरण गरेका हो ।
विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीका अनुसार तीन किलोमिटर मात्र भिजिबिलिटी भएकोले सबै उडान तथा अवतरण ठप्प पारिएको हो । बाक्लो हुस्सु र कुहिरोले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान तथा अवतरण अबरुद्ध भएकाले चार वटै हेलिकप्टर काभ्रेमा अवतरण गर्नु परेको हो ।
यसअघि कोटेश्वर आइपुगेको कतार एयरको विमान पनि डाइभर्ट गर्नुपरेको थियो ।










प्रतिक्रिया दिनुहोस्