काठमाडौँ, ३१ भदौ । नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीको भत्ता बढाएको छ ।
सेनाको उक्त निर्णय अनुसार प्रतिमहीना ८५ अमेरिकी डलर अर्थात करिब १० हजार नेपाली रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको छ ।
सोमबार प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले बन्दोबस्ती कार्य गर्ने सिपाहीले हाल प्राप्त गरिरहेको एक हजार २९ अमेरिकी डलर भत्तामा ८५ डलर थप गरी प्रतिमहीना एक हजार ११४ अमेरिकी डलर कायम गर्ने निर्णय गरेको हो ।
बैठकले गणको नेतृत्व गर्ने गणपति प्रमुख सेनानीले प्राप्त गरिरहेको एक हजार ३७८ अमेरिकी डलर भत्तामा २१ डलर थप गरी एक हजार ३९९ अमेरिकी डलर प्रतिमहीना कायम गर्ने निर्णय गरेको छ ।










प्रतिक्रिया दिनुहोस्