समाचार

भिरबाट खसेर दुई जनाको मृत्यु



गुल्मी, ३१ भदौ । गुल्मीमा भिरबाट खसेर दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मुसिकोट नगरपालिका-१ थाममा ४३ वर्षीय वीरहादुर केसी र मदाने गाउँपालिका-५ मलागिरीमा नरे सार्कीको भिरबाट खसेर मृत्यु भएको हो । सामान किन्न पसल गएका वीरबहादुर घर नर्फकेपछि खोज्ने क्रममा मृत भेटिएको हुन भने सार्कीको घाँस काट्ने क्रममा खसेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुबैजना भिरबाट करिब ३ मिटर तल खसेका थिए ।

दुबैजनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुल्मी ल्याइएको छ ।