समाचार

पहिरोले घर पुरिँदा एक बालकको मृत्यु



काभ्रे, १ असोज । काभ्रेमा पहिरोले घर पुरिँदा एक बालकको मृत्यु भएको छ ।

बुधबार बिहान पाँचखाल नगरपालिका-४, फेदीबजार रोजन तामाङको घर पुरिदा उनका चार वर्षीय छोरा दीपेश तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोको समयमा परिवारका अन्य सदस्य घर बाहिर रहेकाले उनीहरु भने सकुसल रहेको प्रहरीले जनाएको छ ।