समाचार

लागुऔषधसहित तीन जना पक्राउ



काठमाडौँ, २ असोज । प्रहरीले नागढुङ्गावाट प्रतिबन्धित लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले चन्द्रागिरि २ स्थित चेकपोस्टमा चेक जाँच गर्ने क्रममा २ जनालाई र एक जनालाई कंलकीबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार बिर्तामोडबाट काठमाण्डौँ तर्फ आउँदै गरेको ना ५ ख ४९१३ नम्बरको बसवाट जिल्ला झापा बिर्तामोड ६ घरका शंकर राजवंशीलाई लागु औषध खैरो हेरोईन ३०.९० ग्राम सहित पक्राउ गरिएको हो ।

त्यस्तै धरानबाट काठमाण्डौँ तर्फ आउँदै गरेको ना ६ ख ९४७९ नम्बरको बसवाट जिल्ला सुनसरी धरान उपमहानगरपालीका वडा नं. ७ का वर्ष २६ को आशिष श्रेष्ठलाई लागु औषध डाइजेल्याब ९ एम्पल, लुपिजेसिक ९ र फेनिरामाईन ९ एम्पल गरी जम्मा २७ एम्पल र ५ थान सिरिन्ज सहित नियन्त्रणमा लिएको हो ।

जिल्ला सुनसरी धरान उपमहानगरपालीका वडा नं. १५ घर हुने वर्ष २६ को प्रकाश तामाङले मगाएको देखिएपछि तामाङलाई दिनको लागि लिई आएको हो भनि बताएकोले आषिश श्रेष्ठलाई साथमा लिई प्रकाश तामाङको खोजतलास गर्दै जाने क्रममा तामाङलाई कलंकीस्थित आषिश श्रेष्ठले लिई आएको लागु औषध डाइजेल्याब एम्पल समेत लिन भनि आई कुरीरहेको अवस्थामा पक्राउ गरेको खुल्न आएको छ ।

पक्राउ परेका तिनै जना विरूद्व लागुऔषध ऐनमा म्याद थप गरि अनुसन्धान सुरू गरिएको थानकोट प्रहरीले जनाएको छ ।